Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

जमानतसमेत जोगाउन नसकी पराजित भए मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर

जमानतसमेत जोगाउन नसकी पराजित भए मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर

  • आइतवार, मंसिर ४ २०७९

  • 718
    SHARES

  • जमानतसमेत जोगाउन नसकी पराजित भए मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर

    काठमाडौं । राजनीतिबाट सन्यास लिन गरिएको आग्रह टार्दै प्रतिस्पर्धा गरेका मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदको निर्वाचनमा शर्मनाक पराजय भएको छ।

    राजनीतिक दलहरुप्रति मतदाताको तीब्र आक्रोसका बीच नेपालमा आम निर्वाचन जारी रहेका बेला मलेसियामा लामो शासन गरेका महाथिरको पराजय भएको हो।

    शनिबार भएको मलेसियाली संसदको निर्वाचनमा जमानत समेत जोगाउन नसकी परम्परागत लङकवी निर्वाचन क्षेत्रमा महाथिर पराजित भएका हुन्।

    उनी गेराकन तनाह एयर (जीटिए) नामक गठबन्धनबाट संसद्‌को निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। मलेसियामा २२ वर्ष शासन गरेका उनी आधुनिक मलेसियाको राष्ट्रपिता पनि मानिन्थे।

    कृषिप्रधान गरिव देश मलेसियालाई औद्योगिकीकरणमार्फत् सम्पन्न मुलुक बनाउन भूमिका खेलेका महाथिरलाई ९३ वर्षको उमेरमा सन् २०१८ मा प्रधानमन्त्री बनेका थिए। त्यो उनको पाचौँ कार्यकाल थियो।

    यो ५३ वर्ष यता उनले भोगेको यो पहिलो पराजय हो। महाथिरलाई पराजित गरेका पेरिकितान न्यासिओनाल गठबन्धनका मोहन सुवामी अब्दुल्लाहले १३ हजार ५ सय १८ मत प्राप्त गरे।

    पराजित महाथिरले जम्मा ४ हजार ५ सय ६६ मत प्राप्त गर्न सके। उनले प्राप्त गरेको यो मत जमानत जोगाउन अपुग हुन पुग्यो।

    यसपटकको निर्वाचनमा राजनीतिबाट सन्यास लिन दिइएको सुझाव टार्दै उनी आफ्नो परम्परागत निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धी बनेका थिए। पराजित भएमा मात्र राजनीतिबाट सन्यास लिने उनको कथन थियो।

    तर, उनी साँच्चिकै पराजित हुन पुगे, जसले गर्दा ९७ वर्षीय महाथिरका लागि सन्यासको बाध्यात्मक स्थिति सिर्जना भएको छ।

     


    आइतवार, मंसिर ४ २०७९०२:४०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij