Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

बेलारुसका विदेशमन्त्री भ्लादिमिर मेकीको आकस्मिक निधन

बेलारुसका विदेशमन्त्री भ्लादिमिर मेकीको आकस्मिक निधन

  • आइतवार, मंसिर ११ २०७९

  • 717
    SHARES

  • बेलारुसका विदेशमन्त्री भ्लादिमिर मेकीको आकस्मिक निधन

    काठमाडौं । बेलारुसका विदेशमन्त्री भ्लादिमिर मेकीको ६४ वर्षको उमेरमा निधन भएको छ ।

    मेकी सोमबार रुसी समकक्षी सर्गेई लावरोवसँग भेटघाटको तयारीमा थिए । मृत्युको कारणबारे केही जानकारी दिइएको छैन । उनको निधनको खबरले बेलारुसमा शोकको लहर छ । मेकीले सन् २०१२ देखि आफ्नो पद सम्हालिरहेका थिए । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले मेकीको निधनमा आफ्नो समवेदना व्यक्त गरेका छन् ।

    रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले आफ्नो टेलिग्राम च्यानलमा बेलारुसका विदेश मन्त्रालयका प्रमुख भ्लादिमिर मेकीको मृत्युको खबरले आफूहरु स्तब्ध भएको बताएकी छिन् ।

    यस्तै, बेलारुसका निर्वासित विपक्षी नेता स्वेतलाना सिखानसकायाले मेकीको निधनमा टिप्पणी गर्दै मेकीलाई बेलारुसका जनताको गद्दार भनेका छन् । स्वेतलानाका अनुसार सन् २०२० मा मेकीले बेलारुसी जनतालाई धोका दिएका थिए र अत्याचारको समर्थन गरे । उनका अनुसार बेलारुसका जनताले उनलाई यसरी नै याद गर्नेछन् ।

    ६४ वर्षका मेकीले हालै सामुहिक सुरक्षा सन्धीको संगठन (सिएसटिओ)को एक सम्मेलनमा भाग लिएका थिए । यस्तै सन् २०२० मा बेलारुसमा राष्ट्रपति चुनाव र ठूलो परिमाणमा सरकारी प्रदर्शन अघि मेकी पश्चिमी देशसँग बेलारुसको सम्बन्ध सुधार्न भरसक तयारी गरिरहेका थिए । यतिमात्रै होइन, उनले यसका लागि रुसको आलोचना पनि गरेका थिए । यद्यपि, उनले विरोध सुरु भएपछि उनले एक्कासी आफ्नो अडान परिवर्तन गरे । आफ्नो बचाउमा उनले आफू पश्चिमी एजेन्टद्वारा प्रेरित भएको बताएका थिए ।

    फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुस र बेलारुसबीच घनिष्ठ सम्बन्धका समर्थक मेकीले पश्चिमले युद्धका लागि उक्साएको र युक्रेन अधिकारीले रुसको शान्ति शर्तसँग सहमत हुनुपर्ने बताएका थिए ।


    आइतवार, मंसिर ११ २०७९०२:०५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij