Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चुनावपछि सत्तागठबन्धन दलको बैठक बस्दै

चुनावपछि सत्तागठबन्धन दलको बैठक बस्दै

  • आइतवार, मंसिर १८ २०७९

  • 732
    SHARES

  • चुनावपछि सत्तागठबन्धन दलको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक बस्ने तयारी भएको छ। प्रतिनिधि र प्रदेशसभाको सबै क्षेत्रको नतिजा आइसकेपछि बैठक बस्न लागेको हो।

    सबै क्षेत्रको नतिजा आइसकेपछि भोलिसम्ममा बैठक बस्न सक्ने प्रधानमन्त्रीको प्रेस सल्लाकार गोविन्द परियारले जानकारी दिनुभयो । सत्ता गठबन्धनमा कांग्रेस नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपा सामेल छन्। निर्वाचनमा भोट ट्रान्सफर नभएकै कारणले नतिजा अपेक्षा गरेअनुसार नआएको भन्दै माओवादी रुष्ट छ।

    अहिलेसम्म प्रत्यक्षमा कांग्रेसले ५७, एमालेले ४४, माओवादीले १७, नेकपा एसले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले ७–७, लोसपाले ४, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाले ११ तथा स्वतन्त्रले ५ सीट जितेका छन् ।


    आइतवार, मंसिर १८ २०७९०२:४१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij