Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यस्तो छ माओवादी केन्द्रको पदाधिकारी बैठकको निर्णय...

यस्तो छ माओवादी केन्द्रको पदाधिकारी बैठकको निर्णय...

  • आइतवार, मंसिर १८ २०७९

  • 939
    SHARES

  • यस्तो छ माओवादी केन्द्रको पदाधिकारी बैठकको निर्णय...

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सबै दलहरूसँग सहमति र समझदारीमा अघि बढ्ने निर्णय गरेको छ।

    पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकपछि महासचिव देव गुरुङ सरकार गठनको विषयमा गठबन्धन दलसँग छलफल गरेर अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।

    भोलि गठबन्धनको बैठक बसेर निर्वाचनको समीक्षा गरेर सरकार गठनको विषयमा धारणा बनाउने उहाँको भनाइ छ।

    अहिले आफूहरू गठबन्धनमै रहेको कारणले एमालेसँग मिलेर सरकार बनाउने विषयमा कुनै छलफल नभएको जिकिर गर्नुभयो। अहिले गठबन्धनमै भएकाले मुख्य प्राथमिकता नै त्यही हुने उहाँले दाबी गर्नुभयो ।

    अहिलेसम्म गठबन्धनमा कुनै विमति र असहमति नरहेर गठबन्धनबाटै अगाडि बढ्न पहल गर्ने उहाँको भनाइ छ। पार्टीले तुरुन्तै गठबन्धनको विकल्प नखोजेको दाबी गर्नुभयो ।

    निर्वाचनको प्रारम्भिक समीक्षा भएको बताउँदै पार्टी स्थायी र केन्द्रीय कमिटीमा छलफल हुने बताउनुभयो ।


    आइतवार, मंसिर १८ २०७९०५:५६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij