Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको पार्टीलाई सागर ढकालको समर्थन, भन्छन्ः अब केही आशा जागेको छ

रवि लामिछानेको पार्टीलाई सागर ढकालको समर्थन, भन्छन्ः अब केही आशा जागेको छ

  • सोमवार, मंसिर १९ २०७९

  • 593
    SHARES

  • रवि लामिछानेको पार्टीलाई सागर ढकालको समर्थन, भन्छन्ः अब केही आशा जागेको छ

    काठमाडौं । दार्चुला घटनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको धारणालाई सागर ढकालले समर्थन गर्नुभएको छ ।

    डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावमा प्रतिस्पर्धा गर्नुभएका ढकालले अब बोल्ने कोही भएको आशा जागेको बताउनुभएको हो ।

    दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल एकपक्षीय रुपमा भारतले बन्द गरेको घटनामा उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘म केही दिन अघि दार्चुला आफै पुगेर फिल्डको अध्ययन गरेको थिएँ । रास्वपको यो विज्ञप्ति मेरो सहमति छ तर अब विज्ञप्तिभन्दा अझ एक कदम अगाडि जानुहुन अनुरोध छ ।’

    उहाँले राष्ट्रिय पार्टी भइसकेपछि सिँधै परराष्ट्र मन्त्रालयलाई पत्र पठाउन आग्रह गर्नुभएको छ ।

    ‘राष्ट्रिय पार्टी भइसकेपछि सिँधै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर वा संसदको पहिलो बैठकबाटै यसको बारेमा अपडेट र सूचना लिने प्रकृया सुरु गर्नुपर्दछ’ उहाँले भन्नुभएको छ, ‘यो खोला फर्काएको बाँध बनाउनको लागि मात्र हो वा सधैँ यस्तै हो लगायतका अनेक प्रश्नको उत्तर सोध्नुपर्ने छ । मेरो तर्फबाट पनि काठमाडौं आइसकेपछि बुझ्नेछु। केही आशा जागेको छ अब कम्तिमा कोही त बोल्दै छ, ज्युँदै छ ।’

    sagar.PNG


    सोमवार, मंसिर १९ २०७९०५:२०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij