Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भारतमा सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु, ५० जना घाइते, १२ जनाको अवस्था गम्भीर

भारतमा सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु, ५० जना घाइते, १२ जनाको अवस्था गम्भीर

  • शुक्रवार, मंसिर २३ २०७९

  • 652
    SHARES

  • भारतमा सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु, ५० जना घाइते, १२ जनाको अवस्था गम्भीर

    काठमाडौं । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।

    राजस्थानको राजधानी जयपुरबाट चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो ।

    मृतकमा दुई बालबालिकासमेत रहेका जोधपुरको जिल्ला कलेक्टरको कार्यालयका एक अधिकारीले जानकारी छन् । घाइतेहरु सबै जलेका र उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ । तीमध्ये १२ जना गम्भीर घाइते,भएका र उनीहरुलाई विशेष उपचारका लागि जोधपुर पठाइएको छ ।

    अधिकारीहरुका अनुसार यो घटना बेहुलाको घरबाट जुलुस निस्कनु अघि नै भएको थियो । कार्यक्रममा करिब १०० जना जम्मा भएको रिपोर्टले जनाएको छ ।

    विवाह भोजको तयारी भइरहेको ठाउँमा ग्यास सिलिन्डर चुहिएर शक्तिशाली विस्फोट भएको अधिकारीले जानकारी दिए । विष्फोटका कारण विवाह भइरहेको घरको एक भाग पनि भत्किएको छ ।


    शुक्रवार, मंसिर २३ २०७९०५:५३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij