Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

फिलिपिन्समा बाढी आउँदा आठजनाको मृत्यु

फिलिपिन्समा बाढी आउँदा आठजनाको मृत्यु

  • आइतवार, मंसिर २५ २०७९

  • 445
    SHARES

  • फिलिपिन्समा बाढी आउँदा आठजनाको मृत्यु

    काठमाडौं । फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रीवहाक जीप बगाउँदा पाँच वर्षीया बालिकासहित आठजनाको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ ।

    तनय सहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले सिन्ह्वालाई बताएअनुसार दुर्घटना राति ९ बजेअघि भएको थियो । २५ यात्री सवार जीप उत्तरबाट गाउँतर्फ जाँदै गरेको र खोला तर्ने क्रममा थियो ।

    तनय नगरपालिका प्रकोप न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख नोर्बर्टो फ्रान्सिस्को माटिएन्जोले बाढीले बगाउँदा जीप नदीको बीचमा फसेको बताएका छन् । दुर्घटनामा परी ज्यान गुमाउने सातजना ६० वर्ष नाघेको र एकजना घाइते भएको उनले बताए ।

    लामो समतल यात्री जीपहरू फिलिपिन्समा सार्वजनिक यातायातको सबैभन्दा लोकप्रिय माध्यम हो । यी प्रतिष्ठित गाडीहरू दोस्रो विश्वयुद्धदेखि फिलिपिन्सको सडकमा गुडिरहेका छन् ।


    आइतवार, मंसिर २५ २०७९०२:२६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij