Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

विषाक्त मदिरा सेवनले २२ जनाको ज्यान गयो

विषाक्त मदिरा सेवनले २२ जनाको ज्यान गयो

  • बिहिवार, मंसिर २९ २०७९

  • 510
    SHARES

  • विषाक्त मदिरा सेवनले २२ जनाको ज्यान गयो

    काठमाडौं । विषाक्त मदिरा सेवनबाट विहारमा २२ जनाको मृत्यु भएको छ । भारतको विहार राज्यमा पर्ने सारण जिल्लाका तीनवटा गाउँमा २२ जनाको ज्यान गएको हो भने अन्य २० जना गम्भीर विरामी परेका छन् ।

    अवस्थामा अस्पतालमा भर्ना गरिएको छ। मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि सो राज्यमा सरकारको अनुमति नलिइ स्थानीय तहमा मदिरा उत्पादन एवम् बिक्री गरिएको उल्लेख छ ।

    सोही मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टी गरेका छन् ।प्रहरीका अनुसार अस्पताल भर्ना भएका गम्भीर विरामी २० जनामध्ये धेरैले आँखाको ज्योति गुमाएका छन् ।गैरकानुनी रूपमा मदिरा बिक्री गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

    यो वर्षको सुरुवातमा विषाक्त मदिरा पिउँदा पश्चिम भारतको गुजरात राज्यमा कम्तीमा २८ जनाको मृत्यु भएको थियो भने ६० जना बिरामी भएका थिए । सन् २०२० मा पनि भारतको उत्तरी पञ्जाब राज्यमा पनि विषाक्त मदिरा पिएर एक सय २० जनाले ज्यान गुमाएका थिए।


    बिहिवार, मंसिर २९ २०७९०३:३१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij