काठमाडौं ।अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ । भारतीय सन्त जगतगुरु परमहंस आचार्यले उनको फिल्म ‘पठान’को विरोध गर्दै उनको छाला निकालेर जिउँदै जलाउने धम्की दिएका हुन् ।
शाहरुखको आगामी फिल्म ‘पठान’को विवाद कम हुने अवस्थामा छैन । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ सुरु भएको विवादले निरन्तरता पाइरहेको छ ।
फिल्मको गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएको बिकिनीको रंगलाई लिएर विवाद सुरु भएको बताइएको छ । सोही कारण फिल्मलाई प्रतिबन्ध लगाउन माग गर्दै शाहरुख र दीपिकालगायत फिल्मको टिमविरुद्ध पनि उजुरी दर्ता भएको छ ।