काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने भएको छ।बुद्ध एयरले पोखरा विमानस्थलबाट २३ जनवरीदेखि रात्रिकालीन उडान थाल्ने गरी मिति तय गरेको हो ।
कम्पनीले पोखरालाई हब बनाएर मुलुकका विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने समेत जनाएको छ।गुण एयरलाइन्सले पनि पोखराबाट क्षेत्रीय विमानस्थलहरुमा उडान थाल्ने बताएको छ।
पोखरा विमानस्थल १ जनवरी देखि नयाँ विमानस्थलमा सर्दैछ ।अत्याधुनिक सुविधा सम्पन्न पूर्वाधार रहेका कारण यो विमानस्थलबाट उडान सहज र सुरक्षित हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यो विमानस्थलमा आईएफआर प्रविधि जडान भएका कारण कम भिजिविलिटीमा समेत उडान रोकिने छैन। अहिलेसम्म नेपालका काठमाडौं बाहिर तराईका विमानस्थलमा मात्र रात्रिकालीन उडानको सुविधा रहेको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन ।