Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

माघ २५ मा राष्ट्रियसभा सदस्यको निर्वाचन गर्न आयोगको प्रस्ताव

माघ २५ मा राष्ट्रियसभा सदस्यको निर्वाचन गर्न आयोगको प्रस्ताव

  • सोमवार, पौष १८ २०७९

  • 495
    SHARES

  • माघ २५ मा राष्ट्रियसभा सदस्यको निर्वाचन गर्न आयोगको प्रस्ताव

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको एक रिक्त पदमा आगामी माघ २५ गते निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यो प्रस्ताव गर्नुभएको हो ।

    मंसिर ४ को निर्वाचनअघि लुम्बिनीबाट निर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सदस्यको पद रिक्त भएको थियो ।

    कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ । ‘सोबमोजिम मिति तोक्न आयोगले सरकारलाई लिखित परामर्श दिने व्यवस्था अनुसार आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिइएको छ’, आयोगले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


    सोमवार, पौष १८ २०७९०३:४२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij