Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बाँकेकी निर्मला कुर्मीको न्याय माग्दै गोविन्द केसी माइतीघरमा

बाँकेकी निर्मला कुर्मीको न्याय माग्दै गोविन्द केसी माइतीघरमा

अपराधीहरुलाई राजनीतिक दलहरुले नै संरक्षण गरेको आरोप
  • आइतवार, पौष २४ २०७९

  • 440
    SHARES

  • बाँकेकी निर्मला कुर्मीको न्याय  माग्दै गोविन्द केसी माइतीघरमा

    काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलमा बिरोध प्रदर्शन भएको छ । आज महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका हुन् ।

    विरोध प्रदर्शनका क्रममा उनीहरुले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यू महिलाहरु सुरक्षित हुने कहिले ? महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल हुनु पाप हो ? लगायतका प्लेकार्ड बोकेर सांकेतिक विरोध जनाएका थिए ।

    बिरोध कार्यक्रममा बोल्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले प्रतिवद्धता जनाएको एक वर्ष बितिसक्दासमेत घटनामा संलग्नमाथि अनुसन्धान सुरु नगरेको भन्दै विरोध जनाउनुभयो । डा.केसीले अपराधीहरुलाई राजनीतिक दलहरुले नै संरक्षण गरेको आरोप लगाउनुभएको छ ।

    बाँकेकी निर्मला कुर्मी बेपत्ता पारेको घटनामा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य निर्वाचित बादशाह कुर्मी आरोपित छन् । उनी ४ मंसिरको प्रदेशसभा चुनावमा लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।


    आइतवार, पौष २४ २०७९०२:२९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij