Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यो प्रतिनिधि सभाबाट नेपाली जनताले अपेक्षा गरेका छन्ः देउवा

यो प्रतिनिधि सभाबाट नेपाली जनताले अपेक्षा गरेका छन्ः देउवा

  • सोमवार, पौष २५ २०७९

  • 425
    SHARES

  • यो प्रतिनिधि सभाबाट नेपाली जनताले अपेक्षा गरेका छन्ः देउवा

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नवगठित प्रतिनिधि सभाबाट जनताले अपेक्षा गरेको बताउनुभएको छ ।

    प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले माध्यम र गन्तव्य स्पष्ट हुनु जरुरी रहेको बताउनुभयो। ‘संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति र सुशासन विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो। यो शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो’, उहाँले भन्नुभयो ।

    देउवाले सम्बोधनमा आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त भएको भन्दै स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो। ती तीनवटै निर्वाचन देउवा प्रधानमन्त्री रहँदा सम्पन्न भएको थियो।


    सोमवार, पौष २५ २०७९०१:५०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij