काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक मंगलबार (भोली) बिहान ११ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यही बैठकबाट प्रतिनिधिसभाको विश्वासको मत लिने जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्रीका रुपमा समर्थन दिएका दलका सांसदहरुको पनि विश्वासको मत दिएपछि प्रधानमन्त्रीलाई संसद्ले म्याडेट दिएको प्रमाणित हुन्छ ।
विश्वासको मत पाउन नसकेमा प्रधानमन्त्री पद गएर नयाँ प्रधानमन्त्रीको प्रक्रिया सुरु हुनेछ ।
विश्वासको मत पाएमा भने प्रधानमन्त्रीका रुपमा देशको कार्यकारी नेतृत्व गरेर अघि बढ्न प्रचण्डलाई वैधानिक बाटो खुला हुनेछ ।