काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताउनुभएको छ ।
प्रतिनिधिसभामा विश्वासको मत माग्नुभएका उहाँले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले संसदबाट कानुन बनाएर रेशम चौधरीलाई कानुनसम्मत ढंगले रिहा गराउने बताउनुभएको हो ।
तराई मधेश अन्य राजनीतिक दलसँग विगतमा भएको समझदारीका आधारमा अध्यादेश बनाएर भए पनि रेशम चौधरीसहित नेता कार्यक्रतालाई छुटाउन पहल गरेको पनि उहाँले बताउनुभयो । आफूले यस विषयमा सात्ता साझेदार दलको संयन्त्रमा पनि छलफल गरिसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठकमा पनि छिटो भन्दा छिटो पहल गर्ने सहमति भएको बताउनुभयो ।
आफूले सार्वजिनक समारोहमा रेशम चौधरीलाई अन्याय भएको र त्यसबाट न्याय दिनुपर्छ भन्दै आएको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।