Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ र विपक्षमा २ मत

प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ र विपक्षमा २ मत

  • मंगलवार, पौष २६ २०७९

  • 624
    SHARES

  • प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ र विपक्षमा २ मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव पेस गर्नुभएको थियो ।

    आज भएको मतदानमा विश्वासको मतको पक्षमा २६८ मत परेको थियो। यस्तै विपक्षमा २ मत परेको थियो। मतदानमा २७० सांसदको उपस्थिति थियो।

    आज १ बजे सुरु भएको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्तावमाथि छलफलमा भाग लिँदै अधिकांशले मत दिने बताएका थिए।


    मंगलवार, पौष २६ २०७९०५:२६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij