काठमाडौं । कर्णालीको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले दाबी पेस गर्नुभएको छ । उहाँले २५ सांसदको समर्थनमा बुधबार(आज) प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेस गर्नुभएको हो।
शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन् ।
माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
कर्णालीमा माओवादी र एमालेबीच साढे २/२ वर्ष मुख्यमन्त्री आलोपालो गर्ने सहमति बनेको छ ।