Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

जर्मन कपको उपाधि बायर्नलाई

जर्मन कपको उपाधि बायर्नलाई

  • आइतवार, आषाढ २१ २०७७

  • 879
    SHARES

  • जर्मन कपको उपाधि बायर्नलाई

    एजेन्सी । बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा बायार लेवरकुसनलाई ४(२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

    लेवरकुसनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक एक गोल गरे ।लेवरकुसनका काइ हाभर्ट्ज र सेभेन बेन्डेरले एक एक गोल फर्काए ।

    खेलको १६ औं मिनेटमा अल्बाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा सेर्गीले बायर्नको अग्रता दोब्बर बनाए ।
    ५९ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा बायर्नको अग्रता ३(० को बन्यो ।

    ६३ औं मिनेटमा लेवरकुसनका बेन्डेरले गोल गर्दै खेल ३(१ मा ल्याए ।तर, ८९ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४(१ को अग्रता दिलाए । यससँगै उनले सिजनको ५१ औं गोल पुरा गरे ।

    त्यसपछि खेलको इन्जुरी समयमा लेवरकुसनका हाभर्ट्जले एक गोल फर्काएपनि बायर्न ४(२ ले विजयी भयो ।यससँगै बायर्नले २० औं पटक जर्मन कपको उपाधि जितेको छ । बायर्नले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो ।

    जर्मन कपको उपाधि २० पटक जित्ने बायर्न एक्लो टिम हो ।बायर्नको यो सिजनको दोस्रो उपाधि समेत हो । बायर्नले यस अघि बुन्डेसलिगाको उपाधि जितिसकेको छ ।


    आइतवार, आषाढ २१ २०७७०६:५५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij