Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण कांग्रेसभित्रै मत विभाजन (खासखबर)

प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण कांग्रेसभित्रै मत विभाजन (खासखबर)

  • सोमवार, माघ ९ २०७९

  • 561
    SHARES

  • प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण कांग्रेसभित्रै मत विभाजन (खासखबर)

    काठमाडौं । गएको पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसभित्र दुई साता नबित्दै नेतृत्वको आलोचना शुरु भएको छ ।

    सरकारलाई किन विश्वासको मत दिने भन्ने विषय स्पष्ट नपारी दिइएको मतले अहिले कांग्रेसलाई पिरोलेको छ । सरकारलाई विश्वासको मत दिइसकेपछि प्रतिपक्षीको भूमिकामा बस्न नमिल्ने तर्क आइरहेका बेला कांग्रेसभित्र मतान्तर बढेको हो । नेपाली कांग्रेसका नेता, सांसद डा. चन्द्र भण्डारीले पार्टीले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतबारे बृहत्त छलफल हुन नसकेको औँल्याउनुभएको छ । विश्वासको मत दिन हतार गरेकोप्रति उहाँको आरोप छ ।

    कांग्रेसले सभामुख र उपसभामुखमा आफ्नो उम्मेदवार उठाएर सरकारलाई दिएको विश्वासको मत फिर्ता लगिसकेको एमालेका सांसदहरु बताउन थालेका छन् । यता, संविधानविद्, अधिवक्ताहरु भने सरकारलाई समर्थन गरिसकेपछि प्रतिपक्षी दल बन्न नपाइने बताउँदै आएका थिए तर संसद सचिवालयले कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिएको छ ।
    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार कांग्रेस अब प्रतिपक्षी दल बन्न नसक्ने दाबी गर्नुहुन्छ ।

    संसदमा नेपाल मजदुर किसान पार्टीले आफूहरु प्रतिपक्षी दल रहेको भन्दै सोको मान्यता दिन संसद सचिवालयलाई पत्राचार गरेको छ । यता, अब आउने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कांग्रेसको भूमिकालाई चासोका साथ हेरिएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आगामी राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार बन्ने र सहयोग गर्न अन्य दलहरुसँग छलफल गरिने बताउनुभएको छ ।

    कांग्रेसले अहिलेको अवस्थामा आफूलाई सही बाटोमा हिडाउन नसकेको टिप्पणी हुन थालेको छ । प्रचण्डले निर्वाचन ताकाको गठबन्धन भत्काएपछि प्रतिपक्षीमा बस्नुपर्नेमा विभिन्न राजनीतिक नियुक्ति र भागवण्डाको प्रलोभनले कांग्रेस गलत बाटोमा लागेको पार्टीभित्रकै शुभेच्छुकहरुको आरोप छ ।

    आज संसद सचिवालयले प्रतिपक्षीको भूमिका प्रदान गरेपनि यस विषय विभिन्न टिप्पणी शुरु भएका छन् ।


    सोमवार, माघ ९ २०७९०७:२६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij