Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

इराकमा फेरी १४ जनालाई मृत्युदण्ड

इराकमा फेरी १४ जनालाई मृत्युदण्ड

  • शुक्रवार, माघ १३ २०७९

  • 486
    SHARES

  • इराकमा फेरी १४ जनालाई मृत्युदण्ड

    काठमाडौं। इराकमा १४ जनालाई मृत्युदण्डको सजाय सुनाईएको छ । इराकी अदालतले १४ जना आतंककारीलाई मृत्युदण्डको सजाय सुनाएको बताएको छ ।

    ती व्यक्तिहरु नागरिक हत्यामा संलग्न रहेको पाइएको भन्दै अदालतले १४ जनालाई हिजो मृत्युदण्डको सजाय सुनाएको हो।सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतंककारीहरूले कब्जा गर्ने प्रयास गरेका थिए।

    त्यसक्रममा कम्तीमा पनि एक हजार ७०० जना इराकी सैनिक मारिएका थिए।यसरी आम रुपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको हो।

    सोही क्रममा आइएसले सैनिकमाथि धावासमेत बोल्दै ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए। सेनाले ती सैनिकको हत्यामा संलग्नहरुको खोजी गरिरहेको थियो।


    शुक्रवार, माघ १३ २०७९०४:३५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij