Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानको मस्जिदमा विस्फोट हुँदा २८ जनाको मृत्यु

पाकिस्तानको मस्जिदमा विस्फोट हुँदा २८ जनाको मृत्यु

  • सोमवार, माघ १६ २०७९

  • 424
    SHARES

  • पाकिस्तानको मस्जिदमा विस्फोट हुँदा २८ जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरस्थित एक मस्जिदमा बम विस्फोट गरिँदा २८ जना मारिएका छन् । साथै १ सयभन्दा धेरै घाइते भएका छन् ।

    अन्तर्राष्ट्रिय मिडियाका अनुसार सोमबार दिउँसोको उक्त घटनामा घाइते हुनेहरूको संख्या यकिन भएको छैन । अलजजिराको समाचार अनुसार पेशावरमा रहेको एक अस्पतालमा ७० जनाभन्दा धेरै घाइतेलाई उपचारका लागि ल्याइएको छ ।

    पेशावर प्रहरी अधिकारीहरूले १५० जना जति मानिस घाइते भएको बताएका छन् । साथै विस्फोटका कारण मस्जिदको केही भाग भत्किएको बताइएको छ । तर कतिपय मानिसहरू भत्किएको संरचनाभित्र पुरिएर रहेको हुनसक्ने आशंका गरिएको छ ।

    ३०० जना मानिस क्षमताको उक्त मस्जिद विस्फोटको क्रममा मानिसले लगभग भरिएको पेशावर प्रहरी प्रमुख मुहम्मद इजाज खानले अन्तर्राष्ट्रिय मिडियालाई प्रतिक्रिया दिएका छन् । यद्यपि उक्त विस्फोट आत्मघाती हमला थियो कि बम आक्रमण थियो भन्नेबारे पनि यकिन भएको छैन । यसबारे अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।


    सोमवार, माघ १६ २०७९०५:५३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij