Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने, गृह मन्त्रालय पाउनुपर्ने अडान कायमै

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने, गृह मन्त्रालय पाउनुपर्ने अडान कायमै

  • बिहिवार, माघ १९ २०७९

  • 1.3K
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने, गृह मन्त्रालय पाउनुपर्ने अडान कायमै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ। चार घण्टासम्म चलेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

    बिहीबार (आज) बसेको केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिन सरकार नछाड्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीको फोन आएर दुई दिनको समय मागेपछि सरकारबारे दुई दिनपछि निर्णय गर्ने उहाँले बताउनुभयो।

    यस्तै, पूर्वसहमतिअनुसार गृह मन्त्रालयमा आफूहरूको स्वभाविक भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो। यो अडानबाट हामी पछाडि हट्दैनौं र पार्टीबाट को व्यक्ति पठाउने भन्ने कुरा पार्टीको निर्णयको अधिकार हो। अन्य व्यक्ति वा पार्टीले यो पठाउनुपर्छ भन्ने होइन।’

    गृह मन्त्रालय पाउँदा सांसद कि गैरसांसद पठाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता ढकालले भन्नुभयो, ‘जब प्रधानमन्त्रीले हाम्रो सभापतिलाई मन्त्रीको लागि नाम पठाउनुस् भन्नुहुन्छ त्यसपछि पार्टी बैठक बस्छ र निर्णय गर्छ।’


    बिहिवार, माघ १९ २०७९०९:४५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij