काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पाँचौँ बैठक सुरु भएको छ। शनिबार(आज) सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ।
प्रतिवेदनमा उहाँले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरू, विगतका कार्ययोजना कार्यान्वयनको समीक्षा, सरकारमा हाम्रो सहभागिताको समीक्षा, हाम्रो संगठनात्मक अवस्था, स्थानीय तह निर्वाचन समीक्षाको निष्कर्ष, आम निर्वाचन २०७९ को समीक्षा र आगामी कार्ययोजना जस्ता शीर्षकमा व्याख्या र विश्लेषण प्रस्तुत गर्नुभएको छ।
माधव नेपालले एमालेको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको बताउनुभएको छ । माओवादी केन्द्र ढुलमुले र राप्रपा लम्पट चिन्तनको प्रतिनिधि भएको उहाँको भनाइ छ।
अध्यक्ष नेपालले गत पुस १० गते तत्कालीन सत्ता गठबन्धन भत्किनुमा चार कारण प्रस्तुत गर्नुभएको छ। उहाँले कांग्रेस, केपी शर्मा ओली र माओवादी केन्द्रलाई आधार मानेर कारण प्रस्तुत गर्नुभएको हो ।
यस्तो छ अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन: