Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यो मुलुकको समस्या समाधान गर्ने पार्टी एमाले मात्रै हो : ओली

यो मुलुकको समस्या समाधान गर्ने पार्टी एमाले मात्रै हो : ओली

  • मंगलवार, फाल्गुण २ २०७९

  • 447
    SHARES

  • यो मुलुकको समस्या समाधान गर्ने पार्टी एमाले मात्रै हो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा समस्या रहेको भन्दै ती समस्याको समाधान नेकपा एमालेले गर्ने बताउनुभएको छ ।

    मंगलबार काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो जिम्मेवारी एमालेको काँधमा आएको बताउनुभयो ।

    अध्यक्ष ओलीले मातृभूमिको रक्षा गर्ने एमालेमात्र भएको भन्दै समानता, स्वाधीनता र स्वतन्त्रताको पहुँचको सुनिश्चितबाट जनता वञ्चित भएको बताउनुभयो । उहाँले समाजवाद धेरैले भन्ने गरेपनि त्यसको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षलाई समेटेर मात्रै समाजवाद र समृद्ध नेपाल सुखी नेपालीको यात्रामा अघि बढ्नुपर्ने बताउनुभयो ।

    ओलीले अनेरास्ववियु नेपालको विद्यार्थी आन्दोलनको मात्रै मूलधार नभएर नेपालको राजनीतिमै अत्यन्तै महत्त्वपूर्ण भूमिका र गौरवपूर्ण इतिहास बोकेको प्रगतिशील संगठन भएको बताउनुभयो ।

     


    मंगलवार, फाल्गुण २ २०७९०३:४४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij