Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारत भ्रमणमा नेपालबाट गएका नेतालाई भेटवार्ता मिलाउन गाह्रो छ, भारतबाट आएकाको इशारामा नेपाल चल्छ : उपाध्याय

भारत भ्रमणमा नेपालबाट गएका नेतालाई भेटवार्ता मिलाउन गाह्रो छ, भारतबाट आएकाको इशारामा नेपाल चल्छ : उपाध्याय

  • बुधवार, फाल्गुण ३ २०७९

  • 412
    SHARES

  • भारत भ्रमणमा नेपालबाट गएका नेतालाई भेटवार्ता मिलाउन गाह्रो छ, भारतबाट आएकाको इशारामा नेपाल चल्छ : उपाध्याय

    काठमाडौं ।  नेपाली कांग्रेसका नेता तथा कुटनितिज्ञ दीपकुमार उपाध्यायले भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमण नियमित र पूर्वनिर्धारित भएको हुनसक्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता उपाध्यायले वर्तामान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने पहिलेदेखिकै एजेण्डा हुने भएकोले यहि सिलसिलामा आउनुभएको बताउनुभयो तर क्वात्राले भने प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको निम्तो नै नदिएको फर्किनुभएको छ ।

    उहाँले भन्नुभयो, ‘हामीमा हिनताबोध, लघुतावाद नहटेसम्म, हामी नसुध्रिएसम्म परिणाम आउँदैन । अहिले पनि त्यस्तै देखिन्छ । हामी यतिधेरै नतमस्तक हुन्छौ की एउटा भारतीय विदेश सचिव आउदा जुन किसीमले दुई दिन भित्र नेपालमा सरगर्मी देखियो नी, देशमा गतिविधीमा, सरकारले सहजीकरण गरेर सैबलाई एकैपटक भेटाउन पर्ने, भेट्न पर्ने यो सिलसिला नरोकेसम्म हामी सुध्रिदैँनौ । ’

    आवश्यकता अनुसार तयारीका साथ परिणामुलक मात्रै समय खर्चिनुपर्ने बताउँदै उहाँले परिणाम केहि ननिस्किने खाली सरगर्मी देखाएर कुनै अर्थ नहुने स्पष्ट पार्नुभयो ।

    नेपालको समस्या र आवश्यकता भारतसँग प्रस्टरुपमा देखाउन, भन्न सक्नुपर्ने र भारतले सुन्नुपर्ने साथै भारतको पनि अपेक्षा र समस्याहरु छन् भने भन्नुपर्ने अवस्थामा खाली सबैसँग भेटघाटमात्रै आवश्यक नरहेको बताउनुभयो ।

    नेता उपाध्यायले भारतमा नेपालबाट गएका नेतालाई भेट गराउन निकै गाह्रो हुने तर नेपालमा भने भारतबाट भ्रमणमा आउँदा उसैको इसारमा चलेजस्तै भइदिने प्रवृतिबाट कहिले मुक्त हुने भन्दै प्रश्न गर्नुभयो ।

    अर्को फरक प्रसंगमा उहाँले सत्ता गठबन्धन तोडिन सक्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संकेतमा यो खेलको मूख्य पात्र ओली स्वयं भएको आरोप लगाउनुभयो ।

    राष्ट्रपतिमा सहमतीमा जाने भन्ने कुरामा सहमती नहुने, भित्रभित्रै आफैले चलखेल गर्ने ओलीले अरुलाई दोषी देखाउन नमिल्ने बताउनुभयो ।


    बुधवार, फाल्गुण ३ २०७९०७:४३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij