Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अबको राष्ट्रपतिका लागि दलित र जनजातितिर ध्यान दिनु आवश्यक : हृदयेश त्रिपाठी

अबको राष्ट्रपतिका लागि दलित र जनजातितिर ध्यान दिनु आवश्यक : हृदयेश त्रिपाठी

  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 418
    SHARES

  • अबको राष्ट्रपतिका लागि दलित र जनजातितिर ध्यान दिनु आवश्यक : हृदयेश त्रिपाठी

    काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले अबको राष्ट्रपतिका लागि दलित र जनजातितिर ध्यान दिन प्रमुख दलहरुलाई सझाव दिनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै त्रीपाठीले भन्नुभयो,‘राष्ट्रपतिमा दलकै नेताभन्दा पनि समाजको एकतालाई एक ठाउँमा ल्याउन सक्ने साझा व्यक्तित्वको खोजी हुनुपर्छ । पहिलो र दोस्रो राष्ट्रपति मधेसी र महिला भइसकेपछि अबको राष्ट्रपतिमा दलित र जनजातितिर ध्यान दिए हुन्थ्यो । त्यसमा पनि गैरदलीय र स्वतन्त्र भए राम्रो हुन्थ्यो । चुनावी प्रक्रियामा जानुभन्दा पनि सहमति गर्नु अझ उपयुक्त हुन्थ्यो । ’

    पूर्व मन्त्री समेत रहनुभएका त्रीपाठीले नेपाली राजनीति सहज अनुमान गर्न सक्ने नभएको पनि बताउनुभयो ।

    प्रधानमन्त्रीले दलभन्दा बाहिर जान खोजेको देखिने र संसदको बनोट हेर्दा स्थिर सरकार दिने स्थिति नभएकाले समीकरण बदलिनु स्वाभाविक भएको त्रीपाठीले बताउनुभयो ।

    फरक प्रसंगमा उनले आफूसँगको भेटमा भारतीय विदेशसचिव विनय मोहन क्वात्राले राजनीतिक कुरा नगरेको पनि स्पष्ट पार्नुभयो ।


    शुक्रवार, फाल्गुण ५ २०७९०८:५७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij