Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड नेपालको राजनीतिको राष्ट्रिय समस्या : पद्मा अर्याल

प्रचण्ड नेपालको राजनीतिको राष्ट्रिय समस्या : पद्मा अर्याल

  • शनिवार, फाल्गुण १३ २०७९

  • 516
    SHARES

  • प्रचण्ड नेपालको राजनीतिको राष्ट्रिय समस्या : पद्मा अर्याल

    काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले एमालेले आफ्नो इमान नगुमाएको बताउनुभएको छ ।

    अहिले राजनीतिमा भएको बेइमान र छलकपट गरौँ भने एमाले पनि सत्तामा रहिरहन सक्ने तर यस्तो छलकपटमा एमाले नलाग्ने र पूर्वसहमती अनुसार चल्न खोज्दा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कपटपूर्ण प्रवृतीका कारण आज यस्तो अवस्था आएको आरोप लगाउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव अर्यालले एमालेलाई यस्ता कुराहरुले केहि पनि असर नगर्ने दावी गर्नुभएको छ ।

    प्रचण्डको बेइमानी र कपटपूर्ण प्रवृतिले राजनीति नराम्रो तरिकाले उदाङगो भएको छर्लङग देखिएको बताउँदै अर्यालले यसमा बेइमानहरु दोष रहेको एमाले इमान्दार भएको प्रष्ट देखिएको बताउनुभयो ।

    अहिलेको गठबन्धन तोड्ने कुनै पनि कारण नहुँदानहुँदै प्रचण्डले सहमती तोडेर आफ्नो खुट्टमा उभिन सक्ने मान्छे नै नभएको प्रमाणीत गरेको सचिव अर्यालको आरोप छ । यस्तै प्रचण्डको कहाँबाट र कसरी चल्नुहुन्छ भन्ने कुरा नै अनुत्तरित भएको अर्यालले बताउनुभयो । नेपालको राजनीतिको राष्ट्रिय समस्या नै प्रचण्डको भएको दावी गर्नुभयो ।


    शनिवार, फाल्गुण १३ २०७९०७:३२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij