Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति निर्वाचनमा भोट हाल्ने/नहाल्नेबारे पार्टीमा निर्णय भइसकेको छैन : धवलशमशेर राणा

राष्ट्रपति निर्वाचनमा भोट हाल्ने/नहाल्नेबारे पार्टीमा निर्णय भइसकेको छैन : धवलशमशेर राणा

  • आइतवार, फाल्गुण १४ २०७९

  • 408
    SHARES

  • राष्ट्रपति निर्वाचनमा भोट हाल्ने/नहाल्नेबारे पार्टीमा निर्णय भइसकेको छैन : धवलशमशेर राणा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले राष्ट्रपति निर्वाचनमा भोट हाल्ने या नहाल्नेबारे पार्टीले केहि निर्णय नगरेको बतानुभएको छ ।

    पार्टीभित्र आफूले राष्ट्रपति निर्वाचनमा भाग लिनुहुन्न, तटस्थ बस्नुपर्छ भन्ने मत राखेको सांसद समेत रहनुभएको राणाले बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै राणाले पार्टीका नेताहरु अस्थिरता र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसकेको र अहिलेको फोहोरी खेलमा सहभागी पनि हुन सहि नलागेर सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको बताउनुभयो । यस्तै सरकारमा जाने निर्णय अध्यक्ष राजेन्द्र लिङ्देनको गल्ती नभएको पनि उहाँको भनाइ छ । राप्रपा बाग्मती प्रदेशबाट पनि बाहिरिएको छ ।

    खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले हिजो साँझ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष संयुक्तरूपमा राजीनामा बुझाउनुभएको हो ।

    पार्टीको निर्णयअनुसार राजीनामा दिइएको थापाले बताउनुभयो । मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिनुभएको छ ।

    तीन जना मन्त्रीले राजीनामा दिए पनि प्रदेशका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने भएका छन् । राप्रपाले छोडेका तीन वटै मन्त्रालय अहिलेलाई मुख्यमन्त्री जम्मकट्टेलले सम्हाल्ने हुनुभएको छ । नयाँ सत्ता समीकरणमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टी भित्रिएको भए पनि राष्ट्रपतिको चुनाव अघि नयाँ मन्त्री नियुक्त नहुने भएका हुन् ।


    आइतवार, फाल्गुण १४ २०७९१०:५८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij