Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सञ्चारमन्त्री शर्मा र काठमाडौंका मेयर बालेन शाहबीच भेटवार्ता 

सञ्चारमन्त्री शर्मा र काठमाडौंका मेयर बालेन शाहबीच भेटवार्ता 

  • आइतवार, फाल्गुण १४ २०७९

  • 479
    SHARES

  • सञ्चारमन्त्री शर्मा र काठमाडौंका मेयर बालेन शाहबीच भेटवार्ता 
    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र(बालेन) शाहबीच आज भेटवार्ता भएको छ ।
     
    उक्त भेटमा मेयर बालेनले सञ्चार क्षेत्रको नियमन गर्न र काठमाडौंको अव्यवस्थित तारहरूलाई व्यवस्थापन गर्ने विषयमा छलफल भएको मेयरको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
    ‘पहिलो, काठमाडौं महानगरभित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि माननीय मन्त्री र मेयरबीच छलफल भएको छ । अव्यवस्थित तारले सहरको सुन्दरता नै घटाएको हुँदा, त्यसलाई कसरी नियमन गर्दै व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको,’ मेयरको सचिवालयले उल्लेख गरेको छ । 
     
    यस्तै जवाफमा मन्त्री शर्माले यसलाई नियमन गर्ने ऐन बनिरहेको र त्यसलाई चाँडै समितिमा पठाउने कुरा गर्नुभएको छ । त्यसअघि हाल मौजुदा कानुन र श्रोत साधनलाई प्रयोग गरी मन्त्रालयको संयोजनमा सरोकारवालाहरूसँग छलफल गरेर तत्कालै तारलाई कसरी व्यवस्थित गरेर सहरको सुन्दरता बढाउने भन्ने विषयमा पनि छलफल भएको बालेनको सचिवालयले जनाएको छ । 
     
    यस्तै, जनताले पाउने सही सूचनाको हक सुनिश्चितता हुनुपर्ने र व्यापक रुपमा बढिरहेको भ्रामक समाचारलाई कसरी नियमन गर्ने भन्ने विषयलाई लिएर पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक सञ्जाल, यूट्यूबलाई व्यवस्थित गर्नेबारे पनि छलफल भएको बताइएको छ । 
     
    त्यस्तै, राज्यको मातहतमा नआएको कर पनि  संकलन गर्न सकिने कुरा पनि छलफल भएको उल्लेख छ । साथै, गुगल, फेसबुक, ट्विटर, यूट्यूब लगायतका सञ्जालहरूको नेपालमा कार्यालय खोल्न पहल गर्ने विषयमा र राज्यसँग भएको डाटालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने पनि कुरा पनि छलफल भएको बालेनको सचिवालयले जनाएको छ ।
     


    आइतवार, फाल्गुण १४ २०७९०५:३५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij