Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओलीले आठ दलीय गठबन्धन भत्काउन सक्दैँनन् : रामहरि खतिवडा

ओलीले आठ दलीय गठबन्धन भत्काउन सक्दैँनन् : रामहरि खतिवडा

  • मंगलवार, फाल्गुण १६ २०७९

  • 464
    SHARES

  • ओलीले आठ दलीय गठबन्धन भत्काउन सक्दैँनन् :  रामहरि खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले बिग्रीएको राजनीतिक कोर्स बल्ल करेक्सन भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भूमिगत गिरोहबाट सरकार चलाउने प्रयास असफल पारेको दाबी समेत गर्नुभएको छ ।

    यस्तै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरा कपोलकल्पित हल्ला मात्र भएको बताउनुभयो ।

    प्रधानमन्त्रीलाई विश्वासको मत पाउन कुनै पनि समस्या नरहेको बताउँदै उहाँले पुस २६ गते नै आफ्नो पार्टीले सरकारलाई विश्वासको मत दिइसकेको प्रस्ट पार्नुभयो । यस्तै प्रधानमन्त्रीमा आलोपालोबारे कुनै सहमति, सम्झौता वा हस्ताक्षर नभएको नेता खतिवडाले दावी गर्नुभयो । सरकारमा जाने बारे कांग्रेसले तत्काल केही नसोचेको उहाँको भनाइ छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन मात्रै नभएर पाँच वर्षसम्म आठ दलीय गठबन्धन भत्काउन नसक्ने नेता खतिवडाले दाबी गर्नुभयो । यस्तै एमालेका सांसदहरुले पनि रामचन्द्र पौडेललाई नै मतदान गरेर तेस्रो राष्ट्रपति बनाउने उहाँको विश्वास छ ।

     


    मंगलवार, फाल्गुण १६ २०७९१०:३८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij