काठमाडौं । पारिवारिक भ्रमणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जानुभएको छ ।
उहाँ पत्नी तथा पूर्वरानी कोमल र परिवारका केही सदस्यसमेत लिएर भारत भ्रमणमा जानुभएको हो ।
पूर्वराजाका संवाद सचिव फणि पाठकले सोमबार पूर्वराजा भारत भ्रमणमा गएको बताएपनि भारतमा के–कस्तो कार्यक्रम रहेकोबारे आफूलाई थाहा नभएको बताउनुभयो ।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित झापामा आयोजित एक औपचारिक कार्यक्रममा देखिनुभएको थियो । त्यहाँ दुर्गा प्रसाईँले सुरु गरेको अभियानमा पूर्वराजा सहभागी हुन पुग्नुभएको थियो ।
उहाँले प्रजातन्त्र दिवसको अवसरमा दलहरुसँग सहकार्यको प्रस्ताव समेत गर्नुभएको थियो । पछिल्लो समय राजनीतिक दलहरुको कार्यशैलीको खुलेर आलोचना गर्दै आएका पूर्वराजाको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।