Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हाल्दिनँ’

‘भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हाल्दिनँ’

  • शनिवार, आश्विन ३ २०७७

  • 970
    SHARES

  • ‘भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हाल्दिनँ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा कसैलाई पनि भ्रष्टाचार गर्न नदिने बताउनुुभएको छ । भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी नहाल्ने उहाँको प्रतिबद्धता छ ।

    संविधान दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित विशेष समारोहमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबीसमेत गर्नुभयो ।

    कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीले बताउनुुभयो ।

    कोरोना संक्रमणका कारण विकासको गति केही सुस्त भएको बताउँदै ओलीले महामारीको अवस्था नआएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिबद्धतालाई पूरा गर्न सकिने बताउनुुभयो ।

    प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेबाट सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाएको बताउनुुभयो ।


    शनिवार, आश्विन ३ २०७७०६:०८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij