Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आयो : प्रकाशमान

आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आयो : प्रकाशमान

  • बिहिवार, फाल्गुण १८ २०७९

  • 616
    SHARES

  • आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आयो  : प्रकाशमान

    काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आएको बताउनु भएको छ ।
    अब आठ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने र जनअपेक्षा पूरा गर्दै देश विकास गर्ने उहाँको भनाई छ ।

    सिरहाको कार्यक्रममा सहभागी हुन जाने क्रममा आज धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सिंहले प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिनु र आठ दलीय गठबन्धन बन्नुलाई जनताको म्यान्डेट अनुसारको राजनीतिक परिस्थिति बनेको बताउनु भएको हो ।

    सत्ता गठबन्धनमा कुनै असमझदारी नरहेको भन्दै उहाँले राष्ट्रपति पदमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको बताउनुभयो ।


    बिहिवार, फाल्गुण १८ २०७९१२:२४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij