Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
राष्ट्रपति निर्वाचन

राष्ट्रपतिमा आआफ्ना उम्मेदवारलाई मत माग्न कांग्रेस–एमाले व्यस्त (खास खबर)

राष्ट्रपतिमा आआफ्ना उम्मेदवारलाई मत माग्न कांग्रेस–एमाले व्यस्त (खास खबर)

एमालेद्वारा विभिन्न पार्टीसँग अपिल, आठ दलीय प्रशिक्षणपछि रामचन्द्र पौडेल थप बलियो
  • बिहिवार, फाल्गुण १८ २०७९

  • 676
    SHARES

  • राष्ट्रपतिमा आआफ्ना उम्मेदवारलाई मत माग्न कांग्रेस–एमाले व्यस्त (खास खबर)
    काठमाडौं । आसन्न फागुन २५ गतेको राष्ट्रपति निर्वाचनलाई लिएर दलहरूको चहलपहल बढेको छ । आआफ्ना उम्मेदवारलाई मत माग्नका निम्ति नेपाली कांग्रेस र नेकपा एमाले सक्रिय भएका छन् ।  नेकपा एमाले त हालको गठबन्धनलाई कसरी भत्काउन सकिन्छ भन्ने दाउ कुरेर बसेको देखिन्छ । आज एमालेका शीर्ष नेताहरूले नेम्बाङलाई मत मागेका छन् । मत माग्दै नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका नेताहरूलाई नेकपा एसले कांग्रेस उम्मेदवारको प्रस्तावक र समर्थक भएका कारण राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नसक्ने जवाफ फर्काएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटघाटमा आफू रामचन्द्रको प्रस्तावक भएकोले सहयोग गर्न नसकिने जवाफ फर्काउनुभएको थियो । साथै उहाँले आफ्ना सबै सांसदहरूले पौडेललाई मत दिने समेत जानकारी दिनुभयो । 
     
    आजै, राष्ट्रपति चुनावमा भोट माग्न नेम्बाङसहितको एमाले टोली राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यालयमा पुगेको थियो । नेम्बाङले राष्ट्रपति चुनावमा मत दिएर सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गर्नुभएको थियो । राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भनेर रास्वपाले अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन । यता, नेकपा एमाले पनि आफूले मागेको सहयोग प्राप्त हुने अपेक्षामा छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने नेकपा एसबाट सकारात्मक प्रतिक्रिया आएको बताउनुभएको छ ।
     
    यता, राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सांसदहरूलाई पत्राचार गर्नुभएको छ । उहाँले आफ्नो लेटर प्याडमा सबै सांसदहरूलाई सम्बोधन गरी पत्र लेखेर मत माग्नुभएको हो । आजको आठदलीय गठबन्धनको प्रशिक्षण भेलाले पनि पौडेलको पक्षमा माहौल जुटाउन मदत पुगेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।। 
     
    नेपाली कांग्रेस–माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले आज काठमाडौंमा संघीय सांसदहरूलाई अभिमुखीकरण गरेको छ । राष्ट्रपतिको निर्वाचन आउँदो २५ गते हुँदैछ । निर्वाचन आयोगले आचारसंहिताको पालना गर्दै चुनावलाई सभ्य बनाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ । 
     


    बिहिवार, फाल्गुण १८ २०७९०८:२७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij