Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड भन्छन, मेरो ईच्छा हाइड्रोजन गाडी चढ्ने हो...

प्रचण्ड भन्छन, मेरो ईच्छा हाइड्रोजन गाडी चढ्ने हो...

  • मंगलवार, फाल्गुण २३ २०७९

  • 491
    SHARES

  • प्रचण्ड भन्छन, मेरो ईच्छा हाइड्रोजन गाडी चढ्ने हो...

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताउनुभएको छ ।

    मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हाइड्रोजन गाडी चढ्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल भइरहेको र छिटै चढ्ने तयारी भइरहेको बताउनुभयो ।

    आफू प्रधानमन्त्री हुँदै गर्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डिजेल र पेट्रोल गाडी नभई हाइड्रोजन गाडी चढ्न सुझाव दिएको पनि उहाँले खुलाउनुभयो ।

    विकसित देशमा विस्तारै हाइड्रोजन ऊर्जाको मात्रा गुणात्मक रुपमा बढिरहेको भन्दै प्रचण्डले नेपालमा झन् हाइड्रोजन ऊर्जाको प्रचुर सम्भावना रहेको बताउनुभयो ।


    मंगलवार, फाल्गुण २३ २०७९०५:४१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij