Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महिलाहरु प्रधानमन्त्री बन्न सक्षम छन् : पद्मा अर्याल

महिलाहरु प्रधानमन्त्री बन्न सक्षम छन् : पद्मा अर्याल

  • बुधवार, फाल्गुण २४ २०७९

  • 801
    SHARES

  • महिलाहरु प्रधानमन्त्री बन्न सक्षम छन् :  पद्मा अर्याल

    काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले महिलाहरु प्रधानमन्त्री बन्न सक्षम रहेको बताउनुभएको छ । प्रधानमन्त्री मात्रै नभएर अब हरेक ठाउँको नेतृत्व गर्ने दिशातर्फ उन्मुख हुने पूर्वमन्त्री समेत रहनुभएकी अर्यालले विश्वास व्यक्त गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्यालले नीति निर्माणको तहमा मात्र नभई नेतृत्वमै पुग्नु महिला आन्दोलनको विशेष उपलब्धि भएको बताउनुभएको छ ।

    अर्यालले भन्नुभयो–हामीले संविधानमै समानताको ढोका खोलेका छौं । हरेक ठाउँमा ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरेका छौं । त्यसैले महिला नीति निर्माण तहमा मात्र होइन, नेतृत्व तहमा पनि पुगेका छन् । महिला सभामुख, प्रधानन्यायाधीश, मन्त्री मात्र होइन, दुई–दुई कार्यकालको राष्ट्रपति महिला बनाएका छौं । यो कम उपलब्धि होइन । ’

    हिजो दबेर बस्ने महिला हिंसाका घटना आज उजागर हुन थालेको बताउँदै उहाँले यसमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिनुभयो ।
    महिला हिंसा गर्ने अपराधीलाई सजाय दिलाउन सरकारसँगै आम नागरिक पनि सचेत हुनुपर्ने बेला आएको अर्यालको भनाइ छ ।


    बुधवार, फाल्गुण २४ २०७९०९:१०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij