Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नितिहिन गठबन्धनका कारण देशको दुर्भाग्य सुरु भयो : विष्णु रिजाल

नितिहिन गठबन्धनका कारण देशको दुर्भाग्य सुरु भयो : विष्णु रिजाल

  • बिहिवार, चैत्र २ २०७९

  • 454
    SHARES

  • नितिहिन गठबन्धनका कारण देशको दुर्भाग्य सुरु भयो : विष्णु रिजाल

    काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले अहिलेको १० दलीय गठबन्धनले देशलाई प्रगतीतिर लैजान नसक्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले उग्रवामपन्थी माओवादी र दक्षिणपन्थी नेपाली कांग्रेस सरकारमा बसेर देशलाई अगाडि बढाउछु भन्नु बराबार व्यक्तिहरु दुई तिर बसेर एउटा डोरीलाई तान्नु जस्तै मात्रै रहेको उल्लेख गर्नुभएको छ ।

    यस्तै नेता रिजालले सत्ताका लागि मात्रै निर्माण भएको नितिहिन, सिद्धान्तहिन, विचारहिन र एजेण्डाहिन गठबन्धन देशका लागि दुर्भाग्य भएको बताउनुभयो ।

    उपराष्ट्रपतिका प्रसंगमा नेता रिजालले देशको अहिलेको परिस्थिती, महिला पुरुषको जनसंख्या, संविधानको भावनार अहिलेको समावेशीकरणको अभ्यासजस्ता कुराहरुले गर्दा पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति हुनुपर्छ भन्ने भएरै आफूहरुले महिला उम्मेदवार अगाडि सारेको बताउनुभयो । यस्तै उहाँले संसदका सदस्य र प्रदेशसभाका सदस्यहरुले यसमा विवेक पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

     

     


    बिहिवार, चैत्र २ २०७९०७:३२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij