Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बिस्तारको गृहकार्यमा प्रचण्ड, यस्तो छ खाका ...

मन्त्रिपरिषद् बिस्तारको गृहकार्यमा प्रचण्ड, यस्तो छ खाका ...

  • बुधवार, चैत्र ८ २०७९

  • 1.3K
    SHARES

  • मन्त्रिपरिषद् बिस्तारको गृहकार्यमा प्रचण्ड, यस्तो छ खाका ...

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुट्नुभएको छ।

    त्यसका लागि बुधबार प्रचण्डले बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ। बालुवाटारमा बुधबार साँझ साढे ५ बजेदेखि सुरु भएको बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

    बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुने नेताहरुको भनाइ छ । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी छन् ।

    प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थाल्नुभएको हो ।


    बुधवार, चैत्र ८ २०७९०६:२७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij