Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अहिले हामीलाई सरकारमा रुचि छैन, प्रतिपक्षमा बसेर सशक्त भुमिका निर्वाह गर्छौ : युवराज ज्ञवाली

अहिले हामीलाई सरकारमा रुचि छैन, प्रतिपक्षमा बसेर सशक्त भुमिका निर्वाह गर्छौ : युवराज ज्ञवाली

  • शुक्रवार, चैत्र १० २०७९

  • 460
    SHARES

  • अहिले हामीलाई सरकारमा रुचि छैन, प्रतिपक्षमा बसेर सशक्त भुमिका निर्वाह गर्छौ : युवराज ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफूहरु अहिले पार्टीलाई देशव्यापीरुपमा अझै बढि सुदुढ, व्यवस्थित र व्यापक बनाउने उदेश्यमा रहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भन्नुभयो,‘अरु पार्टीहरु गठबन्धनमा छन् । हामीहरु पार्टीलाई देशव्यापीरुपमा अझै बढि सुदुढ, व्यवस्थित र व्यापक बनाउने उदेश्यमा मिसन ग्रासरुट कार्यक्रम देशभरी सञ्चालित छ ।’

    यस्तै उपाध्यक्ष ज्ञवालीले प्रदेश सरकारहरु आफ्नो प्रक्रिया अनुसार संभावना हेरेर बस्न सकिने या बाहिरिने तय हुने बताउँदै तत्कालै सबैतिर छोड्नुपर्ने भन्ने नहुने स्पष्ट पार्नुभएको छ । तर आम निर्वाचनलगत्तै एमाले र माओवादी केन्द्रबीच संघमा नयाँ गठबन्धन बन्दा कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्व एमालेले लिएको थियो ।

    अन्य प्रदेशमा भने माओवादीको नेतृत्व रहेको थियो तर राष्ट्रपति निर्वाचनमा एमाले गठबन्धनबाट बाहिरिएपछि कांग्रेससहितको पुरानो गठबन्धन फेरि व्युतिएको छ यसको प्रत्यक्ष प्रभाव अहिले प्रदेश सरकारमा परेको छ ।

    सुदुरपश्चिममा मुख्यमन्त्रीले विशवासको मत नपाउँदा एमाले सत्ताबाट बाहिरिदा कांग्रेस नेतृत्वमा गठबन्धनको सरकार बनेको छ । यस्तै लुम्बिीमा एमाले नेतृत्वको सरकारलाई माओवादीले विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

    अन्य प्रदेशमा पनि एमाले बाहिर राख्ने र गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भइसकेको छ । अहिलेको सत्ता गठबन्धनले कुन प्रदेशमा कसले नेतृत्व लिने भन्नेबारे केन्द्रबाटै भागबण्डा मिलाउने भन्ने गृहकार्य गरिरहेका छन् ।

    तर एमाले उपाध्यक्ष ज्ञवालीले भने प्रक्रिया, आवश्यकता र स्थिीती अनुसारमात्रै प्रदेश सरकार छाड्ने या बसिरहने भन्ने निर्णय गर्ने बताउनुभएको छ । अहिले मुलतः पार्टी निर्माण गर्ने कार्यमा लागेकाले अहिले आफूहरुलाई सरकारतर्फ चासो र रुचि नरहेको प्रस्ट्याउनुभएको छ । आफ्नो पार्टी सरकारबाट बाहिरिनुलाई सहज रुपमा लिएको र प्रतिपक्षमा बसेर सशक्त भुमिका निर्वाह गर्ने बताउनुभयो ।


    शुक्रवार, चैत्र १० २०७९०७:४३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij