Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भोलि या पर्सीसम्म मन्त्रीमण्डल विस्तार हुन्छ : प्रदीप यादव

भोलि या पर्सीसम्म मन्त्रीमण्डल विस्तार हुन्छ : प्रदीप यादव

  • आइतवार, चैत्र १२ २०७९

  • 434
    SHARES

  • भोलि या पर्सीसम्म मन्त्रीमण्डल विस्तार हुन्छ : प्रदीप यादव

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले अब चाँडै मन्त्रीमण्डल विस्तार हुने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका यादवले भोलि या पर्सीसम्म सहमती टुंगिने र मन्त्रीमण्डल विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

    गठबन्धनमा रहेका सबै दललाई समेट्नुपर्ने भएकाले पनि केहि ढिलाइ भएको उहाँको प्रस्टोक्ती छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै र सामूहिक पनि छलफल गरिरहनुभएकाले अब भोलि या पर्सीसम्म सरकार विस्तार हुनेमा आफू ढुक्क रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘एउटा घर मिलाउन त समस्या हुन्छ, १० वटा दल छन् । सबै पार्टीलाई मिलाउनु छ, सबैको कुरा सुन्नु छ र मनाउनु छ । १० वटा घरलाई समझदारीमा ल्याएर एउटै घरबनाउनु छ त्यसैले पनि समय लागेको हो । तर अबको ती या चार दिनमा सरकार विस्तार हुन्छ । ’

    मन्त्रालय भागबण्डामा कुनै समस्या नआउने बताउँदै नेता यादवले केहि समय लागे पनि परिणाम राम्रो र सबैको चित्त बुझ्दो आउने विश्वास व्यक्त गर्नुभयो । कुन दलले कति सिट लिने भन्नेबारे भोलि नै टुंगो लाग्ने नेता यादवको भनाइ छ ।

    भागबण्डाकै कारण गठबन्धनमा दरार नआउने पनि नेता यादवको विश्वास छ ।


    आइतवार, चैत्र १२ २०७९०७:४७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij