काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो हुने बताउनु भएको छ ।
काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएको न्यायिक सम्मेलनमा मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताउनुभयो।
उहाँले सरकार भनेको स्थानीय पालिका पालिकामा छ भन्ने अभाष दिलाउनुसक्नुपर्ने समेत बताउनु भएको छ ।
उहाँले भन्नुभयो, ‘आफ्नै पालिकामा न्याय प्राप्त होस्, न्यायका लागि ११ दिन हिँडेर काठमाडौं आउनु नपरोस् ।’उपप्रमुख पद उप भए पनि काम प्रमुखको भन्दा ठूलो भएको समेत उहाँले बताउनुभयो ।