Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारको न्यूनतम साझा कार्यक्रममा नयाँ कुरा धेरै समेटिएका छन् : राजेन्द्र श्रेष्ठ

सरकारको न्यूनतम साझा कार्यक्रममा नयाँ कुरा धेरै समेटिएका छन् : राजेन्द्र श्रेष्ठ

  • शुक्रवार, चैत्र २४ २०७९

  • 454
    SHARES

  • सरकारको न्यूनतम साझा कार्यक्रममा नयाँ कुरा धेरै समेटिएका छन्  : राजेन्द्र श्रेष्ठ

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सरकारको न्यूनतम साझा कार्यक्रममा थुप्रै नयाँ कुरा समेटिएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले सरकारको न्यूनतम साझा कार्यक्रम देश र जनताको सेवामा के–के काम गर्न सकिन्छ भन्ने पोलिसी गाइडलाइन्स मात्र रहेको र १० दलको समझदारीमा निर्माण भएको कार्यदलले अघिल्लो कार्यक्रममा नपरेका कुरा पनि समेटेको बताउनुभयो ।

    यस्तै उहाँले एउटा पालिका जोडिएका काम स्थानीय तहको, दुइटा पालिका जोडिएका काम प्रदेशको र दुइटा प्रदेश जोडिएका र राष्ट्रिय गौरवका काम संघले हेर्ने गरी कार्यविभाजन गरेको पनि स्मरण गराउनुभयो ।

    सञ्चार क्षेत्रलाई उद्योग मानेर राहत दिने कुरा, जनताले २० युनिटसम्म विद्युत् निःशुल्क पाउने कुरा कानुनी झन्झट अन्त्य गर्न वन स्टप सोलुसनका साथै प्रधानमन्त्री कार्यालयमा समन्वय एकाई गठन नयाँ कुरा नै रहेको बताउनुभयो ।

    यस्तै, जनमत पार्टीका अध्यक्ष सीके राउतले भनेजस्तो मधेस प्रदेशमा सरकार परिवर्तन नहुने उहाँको भनाइ छ ।


    शुक्रवार, चैत्र २४ २०७९१०:५२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij