काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन, तनहुँ र बारामा गठबन्धनका साझा उम्मेदवार विजयी हुने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले चितवनका जनताले स्थानीय सुगन्ध चिन्ने नेतालाई जिताउने बताउँदै तनहुँमा कुनै प्रतिस्पर्धा नभएकाले तनहुँका भुइँमान्छेले भुइँमान्छेको नेता खोजेको दावी गर्नभयो । उता बारामा पनि उपेन्द्र यादवको जित सुनिश्चित रहेको उहाँले स्पष्ट पार्नुभयो ।
यस्तै उहाँले सरकारको न्यूनतम साझा कार्यक्रम योभन्दा फरक रुपमा आउने अवस्था नभएको टिप्पणी गर्नुभएको छ ।
अहिले चर्चामा आइरहेका नामकै वरिपरि रहेर मन्त्री पठाइने बताउँदै नेता महरले आज साँझ वा भोलिसम्म मन्त्रीमण्डलले पूर्णता पाउने बताउनुभयो ।