Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वैशाख ६ गतेदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने 

वैशाख ६ गतेदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने 

  • सोमवार, बैशाख ४ २०८०

  • 555
    SHARES

  • वैशाख ६ गतेदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने 
    काठमाडौं । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
     
    ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।
     
    सरकारले प्रत्येक वर्ष बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ । कोरोना संक्रमण बढ्दै गएको छ । जसका कारण भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्क प्रयोग गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
     


    सोमवार, बैशाख ४ २०८००७:४२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij