Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मिटरव्याजपीडितको समस्या समाधान नगरे राप्रपा पनि सँगै सडकमा जाने लिङदेनको चेतावनी

मिटरव्याजपीडितको समस्या समाधान नगरे राप्रपा पनि सँगै सडकमा जाने लिङदेनको चेतावनी

  • मंगलवार, बैशाख ५ २०८०

  • 478
    SHARES

  • मिटरव्याजपीडितको समस्या समाधान नगरे राप्रपा पनि सँगै सडकमा जाने लिङदेनको चेतावनी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरज्याजपीडितमाथि सरकारले गरेको दमनप्रति आपत्ति जनाउनुभएको छ ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारको आलोचना गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन । कसैले पनि हेपिनु पर्दैन राज्य अभिभावक छ निमुखाहरूप्रति राज्य उभिनुपर्ने ठाउँमा न्यायको माग गर्दै आएको मिटरव्याजपीडितहरूलाई सरकारको हिजो जुन ढंगले आक्रमण गरेको छ । त्यसको निन्दा र भर्त्सना गर्छु ।’

    उहाँले सरकारले मिटरव्याजपीडितको समस्या समाधान नगरे सडक संघर्षमा जाने घोषणा गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘यतिबेला यस्तो सरकार छ जसले समाजमा गरिबहरूको अथवा सर्वहारा वर्गको अधिनायकत्व स्थापना हुनेछ भनेर सपना बाँड्ने पार्टीको नेतृत्वमा सरकार छ । तर, यतिनै बेलामा गरिबमाथि किन प्रहार भइरहेको छ । हामी भन्न चाहन्छौं सरकारले मिटरव्याजपीडितहरू र तराईमा आन्दोलनमा रहेकाहरूको माग सम्बोधन गरोस् । अन्यथा राप्रपा उनीहरुको साथमा सडकमा जाने घोषणा गर्छु ।’


    मंगलवार, बैशाख ५ २०८००३:१५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij