काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
नेकपा (माओवादी केन्द्र)लगायत दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले दोस्रोपटक सोमबार(आज) बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो।
नयाँ सत्तासमीकरणसँगै लुम्बिनीमा नेकपा (एमाले)का नेता गिरी नेतृत्वको सरकार समस्यामा परेको छ । गएको चैत १२ गते माओवादी, जनता समाजवादी पार्टी (जसपा)सहित सत्तासहयात्री दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्री गिरी आजै पदमुक्त हुनुहुने छ । त्यसपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुहुने छ ।