Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देउवाले भने– ठूला दलप्रति जनता वाक्क भइसकेका रहेछन्

देउवाले भने– ठूला दलप्रति जनता वाक्क भइसकेका रहेछन्

  • सोमवार, बैशाख ११ २०८०

  • 1.0K
    SHARES

  • देउवाले भने– ठूला दलप्रति जनता वाक्क भइसकेका रहेछन्

    काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको प्रारम्भिक परिणामले पार्टीसामु चुनौती खडा भएको देखिएको बताउनुभएको छ ।


    आज (सोमबार) बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर–१ को प्रारम्भिक परिणामले पार्टी थप ‘क्रिटिकल’ अवस्थामा पुगेको बताउनुभएको हो ।

    उहाँले पार्टीभित्र एकताको सन्देश दिनुपर्ने र चुनौतीको समीक्षा गर्दै अघि बढ्नुपर्ने बताएको बैठकमा सहभागी एक सांसदले जानकारी दिनुभयो ।

    ती सांसदका अनुसार देउवाले आउँदो बजेटमा जनमुखी र कांग्रेस ‘पपुलर’ बन्ने कार्यक्रम समावेश गरिने पनि बताउनुभएको थियो ।

    बैठकमा सहभागी अरू सांसदले पनि उपनिर्वाचनको परिणामका विषयमा बोलेका थिए । उनीहरूले मन्त्री मोटाउने र जनता दुब्लाउने प्रवृत्ति हाबी भएकाले पार्टी कमजोर हुँदै गएको धारणा राखेका थिए ।


    सोमवार, बैशाख ११ २०८००३:०२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij