Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई तेस्रो पटक विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई तेस्रो पटक विश्वासको मत

  • शुक्रवार, बैशाख १५ २०८०

  • 683
    SHARES

  • कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई तेस्रो पटक विश्वासको मत

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाएका छन् ।

    शुक्रबार तेस्रो पटक विश्वासको मत लिने क्रममा मतदान गर्ने ३९ सदस्यमध्ये शर्माको पक्षमा २९ र विपक्षमा १० मत परको छ।

    चैत २६ गते कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका थिए । शर्मा पुस २७ गते नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री भएका थिए । उनले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

    केन्द्रमा सत्ता फेरिएको फेरिएलगत्तै राप्रपा कर्णाली सरकारबाट बाहिरिएको थियो । राप्रपाकी कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन् ।

    राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका थिए । यस्तै मुख्यमन्त्री शर्माले दोस्रो पटक चैत १७ गते विश्वासको मत लिएका थिए ।

    कर्णाली प्रदेशसभामा हाल कांग्रेसका १४ र माओवादीका १३ सांसद छन् । यस्तै एमालेका १० सांसद रहँदा स्वतन्त्र, नेकपा एस र राप्रपाका एकएक सांसद छन् ।

    शर्माले नेकपा एमाले र राप्रपाबाहेक सबै दल तथा स्वतन्त्र सांसदको मत प्राप्त गरेका हुन् । उनलाई माओवादीको १३, कांग्रेसको १४, एकीकृत समाजवादी र स्वतन्त्र एकएक जना सांसदले पक्षमा मत हालेका हुन् । कर्णालीमा हाल माओवादी र कांग्रेसको गठबन्धन सरकार छ ।


    शुक्रवार, बैशाख १५ २०८००५:५८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij