Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओलीले सत्तापक्षलाई गाली गर्नुबाहेक केही गरेनन् : केशव झा

ओलीले सत्तापक्षलाई गाली गर्नुबाहेक केही गरेनन् : केशव झा

  • बुधवार, बैशाख २० २०८०

  • 409
    SHARES

  • ओलीले सत्तापक्षलाई गाली गर्नुबाहेक केही गरेनन् :  केशव झा

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई अस्थिर बनाउने अवसर खोजिरहेको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले ओलीले सत्तापक्षलाई गाली गर्नुबाहेक केही नगरेको बताउनुभएको हो ।

    यस्तै नेता झाले मुलुकलाई उपलब्धिमुलक हुने गरी विपक्षीको धर्म निर्वाह गर्न ओलीलाई सुझाव दिनुभएको छ । अर्थतन्त्रको संकट रातारात नआएको बताउँदै उहाँले साढे तीन वर्ष ओली प्रधानमन्त्री हुँदा गरेका उल्टो उल्टो कामको पनि परिणाम भएको तर्क गर्नुभएको छ । यस्तै ओलीले राजनीतिलाई अस्थिर बनाउने अवसर खोजिरहनुभएको आरोप समेत लगाउनुभएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन सम्भव नभएको पनि नेता झाको भनाइ छ । ओलीले रास्वपाका सभापति लामिछानेलाई ‘प्रधानमन्त्री’को प्रस्ताव गरेको खबर सार्वजनिक भएपछि नेता झाले यस्तो बताउनुभएको हो ।
    यस्तै, लोसपा सरकार परिवर्तनको पक्षमा नरहेको नेता झाले स्पष्ट पार्नुभयो ।


    बुधवार, बैशाख २० २०८००८:५८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij