Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही गर्न सरकार पछि हट्न हुँदैन : डिलाराम आचार्य

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही गर्न सरकार पछि हट्न हुँदैन : डिलाराम आचार्य

  • शनिवार, बैशाख २३ २०८०

  • 447
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही गर्न सरकार पछि हट्न हुँदैन : डिलाराम आचार्य

    काठमाडौं । नेकपा (माओवादी केन्द्रका नेता डिलाराम आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरुलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताउनुभएको छ ।

    भ्रष्टाचारीलाई कारबाहीका सन्दर्भमा सरकार वा पार्टी कुनै पनि सम्झौतामा जान नहुने बताउँदै उहाँले केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भएको छलफलमा जतिसुकै अप्ठ्यारो परे पनि कारबाही अघि बढाउने सहमति भएको स्मरण गराउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता आचार्यले एमाले सचिव टोपबहादुर रायमाझीलाई सरकारले नफसाएको दाबी गर्नुभएको छ । पैसाको खेलोमेलोमा रायमाझीका छोरा मुछिने स्थिति आउनु दुर्भाग्यपूर्ण भएको समेत नेता आचार्यको तर्क रहेको छ ।

    भीआईपी वा हाई प्रोफाइल जो भए पनि भ्रष्टाचारीलाई निर्ममतापूर्वक कारबाही हुनुपर्ने र कारबाही गर्ने आँट नगरे गणतन्त्र जोगाउन मुस्किल हुने आचार्यको भनाइ छ । यस्तै अर्को फरक प्रसंगमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पहिलेका मन्त्रालय जस्ताको त्यस्तै दिन सम्भव नभएको बताउनुभयो ।

    यस्तै उहाँले माओवादीका मन्त्रीहरु रवि लामिछाने सरकारमा आउने भए मन्त्रालय छाड्छसमेत सहमति भएको बताउँदै रास्वपाका सभापति लामिछानेले पुरानो मन्त्रालय पाए सरकारमा आउने, नत्र प्रतिपक्षमा बस्ने दोहोरो खेल खेलेको आरोप लगाउनुभयो ।


    शनिवार, बैशाख २३ २०८००८:५०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij